काठमाडौं : तीन दलसँग वार्ता गरी साझा अवधारणा बनाउनका लागि गठित कार्यदल मोधसी मोर्चाले विघटन गरेको छ। कार्यदलको विघटनसँगै सहमति निकट पुगेको तीन दल र मोर्चाबीचको वार्ता फेरि भाँडिएको छ। कार्यदलको औचित्य समाप्त भएको भन्दै मोर्चाले मंगलबार कार्यदल विघटन भएको घोषणा गरेको हो।तराई मधेस लोकतान्त्रिक पार्टीको बिजुलीबजारस्थित कार्यलयमा पत्रकार सम्मेलन गरी मोर्चाले कार्यदल विघटनको
घोषण गरेको हो । कार्यदलमा रहेका मोर्चाका नेता हृदयेश त्रिपाठीले सहमति नजिक पुगेको वार्ता प्रधानमन्त्री केपी ओली र एमालेकै कारण असफल भएको बताए । उनले अब कार्यदल स्तरमा वार्ता गर्नुको कुनै अर्थ नरहेको बताए । उनले संसद्मा विचराधिन विधेयकलाई सरकारले मोर्चासँगको सहमतिबिना नै पारित गर्ने प्रयास गरेर सहमतिको वातावरण विथोलेका आरोप लगाए । त्रिपाठीले भने, सहमतिको अन्तिम विन्दुमा पुग्दा शीर्ष नेताहरु संविधान जारी गर्दाकै अवस्थामा फर्किएपछि सहमति हुन सकेन । अब कुरा भए शीर्ष तहमा हुन्छ ।' मोर्चाले अब शीर्ष तहमा मात्रै वार्ता गर्ने निर्णय गरेको हो। मोर्चाबाट गठित कार्यदलमा हृदयेश त्रिपाठी, राजेन्द्र श्रेष्ठ र रामनरेश राय सहभागी छन्। तीन दलसँगको सोमबारको वार्ता निश्कर्षबिहिन भएपछि मोर्चा कार्यदलस्तरीय वार्ताबाट पछि हटेको हो।

No comments:
Post a Comment