धोति संग नेपाली केटीको बिदेसमा यस्तो मस्ती भीडीयो हेर्नुहोस
तराई भूपरिधि कार्यक्रम (ताल)को सहयोगमा माडीको सोमेसोर मध्यवर्ती सामुदायिक वन क्षेत्रमा परिवर्तित जलवायु अनुकूलनका गतिविधि तथा उत्पादन गर्ने गरी कार्यक्रम सुरु गरिएको हो । तालको अध्ययनले तराई क्षेत्रको मकवानपुरस्थित हाँडीखोला, चितवनको माडी र दाङको लमही क्षेत्र जलवायु परिवर्ततको प्रभाव बढी पर्छ भनेर देखाएकाले सो क्षेत्र छनोट गरी तालले कार्यक्रम सुरु गरेको उक्त परियोजनाका प्रेम पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार अभ्यास कार्यक्रममार्फत यो वर्ष करिब रु ४२ लाखको लागतमा यहाँका खहरे खोलामा चेक ड्याम निर्माण गर्ने, जैविक इन्जिनियरिङ प्रविधिबाट खोलाको व्यवस्थापन तथा बाँसको भकारी बनाउने, बाँस, नियालो, अम्रिसो र विभिन्न रूख बिरुवा रोप्ने काम सुरु भएको छ । योसँगै अनुकूलनकै खेती प्रणालीसमेत अपनाउन थालिएको छ । माडीस्थित बघौडास्थित छरछरे, घोषरी, ढिकुरबारी, राधापुरलगायत क्षेत्रमा अहिले जलवायु परिवर्तन अनुकूलन अभ्यास सुरु गरिएको छ ।
No comments:
Post a Comment